भक्तपुर । भक्तपुर जिल्ला फुटबल संघले जिल्लाका सक्रिय क्लबहरुलाई निरुत्साहित बनाएको आरोप लगाएको छ ।
भक्तपुरका ९ फुटबल क्लबले बिहीबार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै संघले क्लबहरुलाई अनियमितता बनाएको आरोप लगाएको हो।
संघले सक्रिय क्लबहरुलाई वेवास्ता गर्दै जिल्ला फुटबल लिगका लागि जिल्ला प्रशासन र जिल्ला खेलकुद विकास समितिमा दर्ता नै नभएको क्लबलाई जिल्ला लिग खेलाउन लागेको आरोप लगाएको छ ।
उक्त कार्यक्रममा बोल्दै भक्तपुर फुटबल क्लबका अध्यक्ष राम प्रजापतिले जिल्लामा फुटबल लिग सञ्चालन हुन लागेपछि सक्रिय क्लबहरुले पनि लिगका लागि नाम दर्ता गराएको र पछि कारवाही गरिएको भन्ने खवर आएकाले नखेलाउने निर्णय भएको भन्दै आलटाल गर्ने काम भएको बताए । अब पनि यस विषयले पुर्णता नपाए केही दिनमै अदालत जाने भक्तपुर फुटबल क्लबले चेतावनी दिएको छ ।
प्रकाशित मितिः २०७६ साउन ३ शुक्रबार
Comments