काठमाडौं । इजिप्टमा जारी अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताको उपाधिका लागि आज शुक्रबार सेनेगल र अल्जेरियाबीच प्रतिस्पर्धा हुँदैछ ।
इजिप्टको कायरो अन्तर्राष्ट्रिय रंगशालामा हुने यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति पौने १ बजे हुनेछ ।
सेमिफाइनलमा पूर्व विजेता ट्युनिसियालाई १–० ले निराश पार्दै सेनेगल दोस्रो पटक फाइनलमा पुगेको हो । यस्तै अल्जेरिया ३ पटकको विजेता नाइजेरियालाई पराजित गर्दै तेस्रो पटक फाइनलमा खेल्न लागेको हो ।
जारी प्रतियोगिताको समूह चरणमा भएको खेलमा अल्जेरियाले सेनेगललाई १–० ले हराएको थियो ।
दुई टिमबीच अहिलेसम्म भएका ६ खेलमा ४ खेल अल्जेरिया र एक खेल सेनेगलले जित्दा एक खेल बराबरी भएको छ। एजेन्सी
प्रकाशित मितिः २०७६ साउन ३ शुक्रबार
Comments