काठमाडौँ । इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडले स्पेनिस गोलकिपर डेभिड डी गियाले क्लबसँग लामो समयको सम्झौता गर्ने विश्वास लिएको छ ।
युनाईटेडले गियालाई क्लबमै राख्न निरन्तर प्रयास गरिरहेको जनाएको छ । २८ बर्षे गोलकिपर गियासँग युनाईटेडले ५ बर्षको लागि नयाँ सम्झौताको नजिक पुगेको मेट्रो डटकमले जनाएको छ ।
गियाले साताको ३ लाख ७५ हजार पाउण्ड पाउने गरि क्लबसँग नयाँ सम्झौता गर्ने तयारी गरेको मेट्रोले जनाएको छ ।
गियाले गत सिजन एक बर्षको लागि क्लबसँग नयाँ सम्झौता गरेका थिए ।
प्रि- सिजन टुरका लागि युनाईटेड अहिले अष्ट्रेलिया भ्रमणमा रहेको छ ।
युनाईटेडले यस सिजन विंगर ड्यानियल जेम्स र डिफेन्डर आरोन वान बिस्सकालाई अनुबन्ध गरिसकेको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ असार ३१ मंगलबार
Comments