काठमाडौं । पूर्व विश्व नम्बर एक रोमानियाकी सिमोना हालेपले पहिलोपटक विम्बल्डन टेनिसको उपाधि जितेकी छन् ।
शनिबार भएको फाइनलमा अमेरिकाकी सेरेना विलियम्सलाई हराउँदै पहिलोपटक हालेप च्याम्पियन बनेकी हुन् ।
५६ मिनेटसम्म चलेको खेलमा हालेपले सेरेनालाई ६–२ र ६–२ को सेटले हराएकी थिइन् ।
हालेप विम्बल्डन टेनिसको उपाधि जित्ने पहिलो रोमानियाकी खेलाडी समेत बनिन् । हालेपको यो दोस्रो ग्राण्डस्लाम उपाधि समेत हो ।
पुरुषतर्फको उपाधिका लागि आज नोभाक जोकोभिक र रोजर फेडेररबीच प्रतिस्पधा हुँदैछ । एजेन्सी
प्रकाशित मितिः २०७६ असार २९ आइतबार
Comments