काठमाडौं । घरेलु टोली मलेसियाविरुद्धको पहिलो टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नेपाल विजयी भएको छ । शनिबार भएको पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।
क्वालालम्पुरस्थित किनरारा ओभलमा मलेसियाले दिएको १२९ रनको लक्ष्य नेपालले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पुरा गर्यो ।
नेपालका लागि कप्तान पारस खड्काले अविजित ८६ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै सरद भेषवाकर १६ रनमा अविजित रहे । यसैगरी प्रदीप ऐरी ८, ज्ञानेन्द्र मल्ल ७ र रोहित कुमार पौडेल ५ रनमा आउट भए ।
मलेसियाका अनवर रहमानले २ तथा मोहमद फिट्रीले १ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो ।मलेसियाका लागि भिरन दिप सिंहले ५७, कप्तान अहमेद फाइज मोहमद नुरले ४५, मोहमद फिट्रीले १२, मोहम्मद सियाहदत ८ र सफिक सरिफले २ रन बनाए ।
नेपालका लागि करण केसीले ३, बसन्त रेग्मी र सन्दीप लामिछानेले २र२ तथा सोमपाल कामीले १ विकेट लिए । जितसँगै नेपालले दुई टी–ट्वान्टी सिरिजमा १–० को अग्रता लिएको छ । नेपालले दोस्रो खेल भोलि आइतबार खेल्ने छ ।
प्रकाशित मितिः २०७६ असार २८ शनिबार
Comments