काठमाडौं । यू–१९ नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कँदै छ । मलेसियामा सम्पन्न एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि विजेता नेपाली टोली आज बुधबार राति स्वदेश फर्कंन लागेका हुन् ।
तर, कप्तान रोहित कुमार पौडेल र उप कप्तान पवन शर्राफ भने नेपाल आउने छैनन् ।
सिनियर टिमका पनि सदस्य रहेका रोहित र पवनले सिंगापुरमा हुने टी–२० विश्वकप छनोटका लागि सिनियर टिममा सहभागी हुने छन् । पारस खड्काको कप्तानीमा रहेको सिनियर टिम पनि मंगलबार अभ्यासका लागि मलेसिया पुगेको छ ।
नेपाली टिमले मलेसियासँग २ वटा टी–२० खेल्ने छन् । नेपाली टिम २० तारिखमा सिंगापुर जानेछन् ।
मलेसियामा भएको प्रतियोगिताको फाइनलमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो । उपाधिसहित अब नेपाली टिमले श्रीलंकामा अगस्टमा हुने एसिया कप यू–१९ क्रिकेटमा सहभागिता जनाउने छ ।
प्रकाशित मितिः २०७६ असार २५ बुधबार
Comments