काठमाडौं । घानालाई हराउँदै ट्युनेसिया अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा पुगेको छ ।
मंगलबार भएको खेलमा ट्युनेसियाले घानालाई टाइब्रेकरमा ५–४ ले हराउँदै क्वाटरफाइनलमा पुगेको हो । निर्धारित समयको खेल एक एक गोल रहित बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमा गरिएको थियो ।
खेलको ७३ औ मिनेटमा ताहा यासीन खनेसीले गोल गर्दै ट्युनेसियालाई सुरुवाती अग्रता दिलाएका थिए । तर दोस्रो हाफको ईन्जुरी समयमा रामी बेदोईले आत्मघाति गोल गरेपछि घाना खेलमा फर्किएको थियो ।
टाइब्रेकरमा ट्युनेसियाका गोलकिपर फारुक बेन मुस्तफाले घानाका कालेब एकबनको पेनाल्टी रोकेका थिए ।
ट्युनेसियाले अब सेमिफाइनल प्रवेशका लागि माडागास्करसँग प्रतिस्पर्धा गर्नेछ । एजेन्सी
प्रकाशित मितिः २०७६ असार २४ मंगलवार
Comments