काठमाडौं । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।
म्यानचेष्टरको ओल्ड ट्राफोर्डमा मैदानमा हुने यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । दुवै टोली जित निकाल्दै फाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।
यसअघि लिग चरणमा न्युजिल्यान्ड र भारतबीचको खेल भने भएन । पानी परेर खेल रद्द भएपछि दुवै टिमले समान १–१ अंक बाँडेका थिए ।
लिग चरणमा भारतले शीर्ष स्थानमा रहंदै सेमिफाइनलमा स्थान बनाएको हो । भारतले खेलका ९ खेलमध्ये सातमा जित, एकमा हार र एकमा अंक बाँड्दै १५ अंक बनाएको छ ।
न्युजिल्यान्ड भने लिग चरणमा चौथो हुँदै सेमिफाइनलमा स्थान बनाएको हो । न्युजिल्यान्डले खेलका ९ खेलमध्ये पाँचमा जित, तीनमा हार र एकमा पानीको कारण अंक बाँड्दै ११ अंक बनाएको छ ।
यस खेलको विजेताले उपाधिका लागि अष्ट्रेलिया र इंग्ल्याण्डबीचको विजेतासँग खेल्नेछन् । म्यानचेस्टरमा मंगलबार दिनभर बदली हुने पूर्वानुमान छ । सायद वर्षा पनि हुनसक्छ । एजेन्सी
प्रकाशित मितिः २०७६ असार २४ मंगलवार
Comments