काठमाडौं । क्यारुनलाई हराउँदै नाइजेरिया अफ्रिकन नेशन्स कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शनिबार राति भएको प्रि–क्वाटरफाइनलको खेलमा नाइजेरियाले क्यामरुनलाई ३–२ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
नाइजेरियाका लागि ओडिओन इघालोले दुई र एलेक्स इओबीले एक गोल गरे । क्यामरुनका लागि स्टेफान बाहोकेन र क्लिन्टन एनजीले एक एक गोल गरे ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको १९ औं मिनेटमा इघालोले गोल गर्दै इजेरियाले सुरुवाती अग्रता बनाएको थियो । ४१ औं मिनेटमा क्यामरुन स्टेफानले गोल गर्दै खेल बराबरीमा ल्याए । ४४ औं मिनेटमा क्यामरुनका क्लिन्टनले गोल गर्दै खेलमा २–१ को अग्रता बनाए ।
६३ औं मिनेटमा नाइजेरियाका इघालोले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । त्यसपछि ६६ औं मिनेटमा इओबीले गोल गर्दै नाइजेरियालाई ३–२ को जित दिलाए । एजेन्सी
प्रकाशित मितिः२०७६ असार २३ सोमबार
Comments