काठमाडौं । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट पूर्व क्षेत्रीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा अहिले नेपाल र आयोजक मलेसियाबीच प्रतिष्पर्धा भइरहेको छ।
मलेसियाको किन्ररा मैदनमा भइरहेको उक्त खेलमा मलेसियाविरुद्ध नेपालले टस जितेर पहिले बलिङ गर्दैछ ।
नेपालले टस जितेर बलिङ रोजेपछि मलेसियाले ब्याटिङ गरिरहेको छ। समूह चरणमा अपराजित रहँदै समूह विजेताका रुपमा सेमिफाइनल पुगेको नेपाल आयोजकलाई हराउँदै उपाधि जित्न चाहन्छ।
समूह चरणमा नेपालले चीनलाई १० विकेट र सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले हराएको थियो। आजको खेल जित्ने टिमले उपाधिका लागि हङकङ र सिंगापुरबीचको बिजेतासँग प्रतिष्पर्धा गर्नेछ।
प्रकाशित मितिः२०७६ असार २३ सोमबार
Comments