काठमाडौँ। नेदरल्याण्डस महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
फ्रान्समा बुधबार राति भएको दोस्रो सेमिफाइनलमा स्वीडेनलाई पराजित गर्दै नेदरल्याण्डसले फाइनलमा स्थान बनाएको हो । स्वीडेनलाई अतिरिक्त समयमा एक शुन्यले पराजित गर्दै नेदरल्यान्ड्स पहिलो पटक महिला विश्वकप फुटबलको फाइनलमा पुगेको हो ।
नेदरल्यान्ड्स निर्धारित समयमा दुवै तर्फबाट गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । नेदरल्याण्डसका लागि ९९ औँ मिनेटमा ज्याकी खुनाले गोल गरिन । त्यही गोल निर्णायक बन्यो । नदरल्याण्डसले उपाधिका लागि साबिक विजेता अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ ।
फाइनल खेल आउँदो आइतबार लियोनमा हुनेछ । अमेरिकाले इंग्ल्याण्डलाई पराजित गरेर फाइनलमा स्थान बनाएको हो । तेस्रो स्थानका लागि स्वीडेनले इंग्ल्याण्डको सामना गर्नेछ ।एजेन्सी
प्रकाशित मितिः २०७६ असार १९ बिहिवार
Comments