काठमाडौं । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज शनिबार दुई खेल हुँदैछ । शनिबार हुने पहिलो खेलमा अफगानिस्तान र पाकिस्तान तथा अष्ट्रेलिया र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।
अफगानिस्तान र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ । दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।
पाकिस्तान अफगानिस्तानलाई पराजित गर्दै सेमिफाइनलको आशा जिवित राख्न चाहन्छ भने अफगानिस्तान एक जित दर्ता गर्न चाहन्छ । यसैगरी शनिबार हुने दोस्रो खेलमा अष्ट्रेलिया र न्युजिल्याण्डबीचको खेल नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ ।
दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् । अष्ट्रेलिया यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ भने यस खेल जितेमा न्युजिल्याण्ड पनि सेमिफाइनलमा पुग्नेछ । एजेन्सी
प्रकाशित मितिः २०७६ असार १४ शनिबार
Comments