काठमाडौँ । नाइजेरिया इजिप्टमा जारी अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा प्रवेश गरेको छ ।
बुधबार भएको समूह चरणको दोस्रो खेलमा गिनीलाई १-० गोल अन्तरले पराजित गर्दै नाइजेरियाले नकआउट चरणमा स्थान बनाएको हो ।
नाइजेरियाको जितमा केन्नेथ ओमेरुओ नायक बने । उनले खेलको ७३ औं मिनेटमा गोल गर्दै नाइजेरियालाई महत्वपूर्ण जित दिलाए ।
जितसँगै नाइजेरियाले समूह ‘बी’ मा लगातार दोस्रो जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको हो र, नाइजेरिया अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा पुग्ने पहिलो टिम बनेको छ ।
नाइजेरियाले २ खेलबाट ६ अंक जोडेको छ । २ खेलमा १ अंक जोडेको गिनी समूहको तेस्रो स्थानमा छ । एजेन्सी
प्रकाशित मितिः २०७६ असार १२ बिहिबार
Comments