काठमाडौँ। चेल्सीका पुर्व कप्तान जोन टेरीले लण्डन क्लबको प्रशिक्षकको रुपमा फ्रान्क लाम्पार्टको विकल्प नभएको बताएका छन् ।
डर्बी काउन्ट्री हेरेर बसिरहेका लाम्पार्टलाई पुर्व कप्तान टेरीले क्लबको सही विकल्पको रुपमा ब्याख्या गरेका छन् ।
४१ बर्षका लाम्पार्टले भविष्यलाई लिएर कुरा अघि बढाउन क्लबबाट अनुमती पाएका छन् । उनले लण्डन क्लब चेल्सीमा १३ बर्ष बिताएका थिए । उनले प्रशिक्षक माउरिजियो सर्रीको स्थान लिने अपेक्षा गरिएको छ ।
टेरीले भनेका छन्, ‘यो उनका लागि र क्लबको लागि उपयुक्त समय हो ।’
‘लाम्पार्ट क्लबका लिजेन्ड हुन् । यो सही समय हो घर फर्कनका लागि ।’ उनले थपेका छन् ।
एस्टन भिल्लाका प्रशिक्षक डीन स्मिथका सहायकको रुपमा काम गरिरहेका टेरीले १३ बर्ष लाम्पार्टसंग चेल्सीमा संगै खेलेका थिए ।
ईङ्ल्याण्ड राष्ट्रिय टिमका पुर्व डिफेन्डर टेरीले पुर्व सहकर्मी लाम्पार्ट चेल्सीको प्रशिक्षकको रुपमा उपयुक्त हुने बताए । किनकी चेल्सी नयाँ खेलाडी अनुबन्धनको प्रतिबन्धबाट गुज्रिरहेको छ ।
तर डर्बीका अध्यक्ष मिल मोरिसले लाम्पार्ट चेल्सी जाने बिषयले औपचारिकता नपाएको बताए ।
‘निकै टाढाबाट मैले हेरिरहेको छु । मलाई लाग्छ, उनै पक्कै म्यानेजरको रुपमा अर्को सिजनकाका लागि जानेछन् ।’ उनले भनेका छन् ।एजेन्सी
प्रकाशित मितिः २०७६ असार १२ बिहिबार
Comments