काठमाडौं । म्यानचेष्टर सिटीका मिडफिल्डर डेबिड सिल्भाले नयाँ सिजनको अन्तिममा क्लब छाड्ने बताएका छन् । प्रिमियर लिग क्लबमा करिब १० बर्ष बिताउन लागेका सिल्भाले सन् २०१९-२० को सिजनको अन्तिममा क्लब छाड्ने बताएका हुन् ।
३३ बर्षका स्पेनिस मिडफिल्डरले सन् २०१० मा क्लबमा आएपछि चार प्रिमियर लिगको उपाधि, दुई एफ ए कपको उपाधि र चार लिग कपको उपाधि जितेका छन् ।
उनले क्लबबाट ३ सय ९५ खेल खेलेका छन् । उनले गत सिजन प्रिमियर लिगका ३३ खेल खेलेका थिए । म्यानचेष्टर सिटीको उपाधि यात्रामा उनले ६ गोल समेत गरेका थिए ।
सिल्भाले भनेका छन्, मेरो लागि यो अन्तिम सिजन हो । १० बर्ष आफैमा समेत धेरै हो । यो उपयुक्त समय हो । उनले भने । आन्तरिक रुपमा सिटीले दुई बर्षको कुराकानी गरेको छ । तर मैले मात्र एक बर्षको निर्णय लिएको छु । र एक दशकको यात्रा सक्न चाहन्छु । उनले थपे । एजेन्सी
प्रकाशित मितिः २०७६ असार ११ बुधबार
Comments