काठमाडौं । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज मंगलबार एक खेल हुँदैछ । मंगलबार हुने एक मात्र खेलमा क्रिकेटका सबैभन्दा पुराना प्रतिद्वन्द्वी इंग्ल्याण्ड र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ ।
यी दुई टोलीबीचको खेल इंग्ल्याण्डको लर्ड्स क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ । दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् । घरेलु टोली इंग्ल्याण्ड अष्ट्रेलियालाई हराएर तालिकाको दोस्रो स्थानमा उक्लन चाहन्छ भने अष्ट्रेलिया घरेलु टोलीलाई हराउँदै शीर्ष स्थानमा उक्लन चाहन्छ ।
इंग्ल्याण्ड ६ खेलबाट ८ अंकसहित चौंथो स्थानमा छ भने अष्ट्रेलिया ६ खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ । एजेन्सी
प्रकाशित मितिः २०७६ असार १० मंगलबार
Comments