काठमाडौं ।ब्राजिल फ्रान्समा जारी फिफा महिला विश्वकप फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ ।
आइतबार राति भएको अन्तिम १६ को खेलमा घरेलु टिम फ्रान्ससंग अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित हुँदै ब्राजिल विश्वकपबाट बाहिरिएको हो ।
फ्रान्सलाई जित दिलाउन भालिरी गोभिन र अमान्डीले हेनरीले एक एक गोल गरिन् । ब्राजिलकी थाइसले एक गोल फर्काइन ।
प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा हेनरीले गोल गर्दै फ्रान्सलाई क्वाटरफाइनलको यात्रा तय गराईन् ।
अब क्वाटरफाइनलमा फ्रान्सले स्पेन र अमेरिकाबीचको विजेतासँग खेल्नेछ । एजेन्सी ।
प्रकाशित मितिः २०७६ असार ९ सोमबार
Comments