काठमाडौं । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज आइतबार एक खेल हुँदैछ । आइतबार हुने एक मात्र खेलमा पाकिस्तान र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ ।
यी दुई टोलीबीचको खेल इंग्ल्याण्डको लर्ड्स क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ । दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् । पाकिस्तान र दक्षिण अफ्रिका जारी विश्वकपमा दोस्रो जितको खोजीमा हुनेछन् ।
प्रकाशित मितिः २०७६ असार ८ आइतबार
Comments