काठमाडौं । नेपालका दुई युवा खेलाडीले ग्लोबल टी–२० क्यानडा प्रिमियर लिग खेल्ने भएका छन् । लेग स्पिनर सन्दीप लामिछानेसँगै यसपटक सोमपाल कामीले पनि यो अवसर प्राप्त गरेका छन्
सन्दीपलाई टोरन्टो नेशनल टिमले ६० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको छ । सन्दीपले गतवर्ष पनि ग्लोबल टी–२० क्यानडा प्रिमियर लिग मोन्ट्रेल टाइगर्सबाट खेलेका थिए ।
सोमपाललाई विनिपेग हक्सले न्युनतम तीन हजार अमेरिकी डलरमा अनुबन्ध गरेको छ । ग्लोबल टी–२० क्यानडा प्रिमियर लिग आगमी जुलाई २५ देखि अगष्ट ११ तारिखसम्म सञ्चालन हुनेछ । एजेन्सी
प्रकाशित मितिः २०७६ असार ६ शुक्रबार
Comments