काठमाडौं । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज बुधबार एक खेल हुँदैछ ।
बुधबार हुने एक मात्र खेलमा न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ ।
इंग्ल्याण्डको बर्मिङघमको एजबास्टोन मैदानमा न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ ।
दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।
न्युजिल्याण्ड चौथो जितको खोजिमा हुनेछ भने अफगानिस्तान दोस्रो जित हात पार्ने लक्ष्यसहित मैदान उत्रनेछ ।
अंकतालिका
प्रकाशित मितिः २०७६ असार ४ बुधबार
Comments