काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले चोट बोकेका ओपनर ब्याट्सम्यान शिखर धवन चाडै खेलमा फर्कने बताएका छन् ।
ओपनर धवनले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको विश्वकप अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेल दौरान हातको चोट बोकेका थिए । जसको कारण धवन तीन साता मैदान बाहिर रहने छन् । तर, कप्तान कोहलीले विश्वकपको समूह चरण नसकिदै धवन टिममा फर्कने बताए ।
धवनको प्लास्टर दुई साता हुनेछ । त्यसपछि उनको अवस्था हेरेर हामी निर्णय गर्नेछौँ । हामीलाई आशा छ उनको चोट चाडै निको हुनेछ र लिग खेल र सेमिफाइनल खेल अघि उ उपलब्ध हुनेछ, कप्तान कोहलीले भने। यस्तै कप्तान कोहलीले धवन खेलमा फर्कन आतुर रहेको समेत बताए ।
हामी उनलाई फिर्ता बोलाउन चाहन्छौ । किनकि उ वास्तवमा खेल्न चाहन्छ, कप्तान कोहलीले भने, मलाई लाग्छ उनको त्यो मानसिकताले चोट ठिक हुन्छ ।
धवनले अष्ट्रेलियाविरुद्ध आइतबार भएको खेलमा बुढी औंलाको चोट बोकेका थिए । अष्ट्रेलियाविरुद्ध धवनले ११७ रनको शतकीय इनिङ्स खेलेका थिए । धवनको शतकीय इनिङ्समा भारतले अष्ट्रेलियालाई ३६ रनले हराएको थियो । एजेन्सी
काशित मितिः २०७६ जेठ ३१ शुक्रबार
Comments