काठमाडौं । आईसीसी विश्वकप क्रिकेटमा आज बिहिबार दुई अपराजित टिम भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुदैछ ।
विश्वकपको जारी प्रतियोगितामा दुवै टिम अपराजित छन् । बर्षा बाधक नभएको खण्डमा ट्रेन्ट ब्रिज मैदानमा हुने खेलमा एक टिमको विजयी यात्रमा ब्रेक लाग्नेछ ।
भारतीय टिमले दक्षिण अफ्रीका र अष्ट्रेलिया जस्ता बलियो टिमलाई हराईसकको छ । न्युजिल्याण्डले अलि कमजोर टिमलाई पराजित गरेको छ । मैदान उत्रदै गर्दा दुवै टोलीले कडा प्रतिद्वन्दीको सामना गर्नुपर्ने तय छ ।
भारत ह्याट्रिक जितको खोजीमा रहदै गर्दा मुख्य समस्या बर्षा रहेको छ । बर्षाकै कारण विश्वकपमा तीन खेल रद्व भईसकेको छ । न्युजिल्याण्डले तीन खेल र भारतले दुई खेलमा जित हासिल गरेको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ जेठ ३० बिहिबार
Comments