काठमाडौं । बेलायतमा जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत बुधबार राति सकिएको खेलमा अस्ट्रेलिया विजयी भएको छ । अस्ट्रेलियाले पाकिस्तानलार्य ४१ रनले हराएको हो ।
३०८ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले ४५ ओभर चार बलमा सबै विकेट गुमाएर २६६ रन बनायो । पाकिस्तानका लागि इमाम उल हकले ५३, मोहम्मद हाफिजले ४६, सर्फराज अहमदले ४०, वाहब रियाजले ४५, हसन अलीले ३२ र बाबर आजमले ३० रन बनाए ।
अस्ट्रेलियाका प्याट कमिन्सले तीन तथा मिचेल स्टार्क र केन रिचार्डसनले दुई दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै ३ सय ७ रन बनाएको हो ।
अस्ट्रेलियाका लागि डेविड वार्नरले शतक प्रहार गरे । १ सय ११ बलको सामना गरेका उनले ११ चौका र १ छक्काको मद्दतमा १ सय ७ रन बनाएका हुन् । यस्तै कप्तान एरोन फिन्चले ८२, शन मार्सले २३, ग्लेन म्याक्सवेल र एलेक्स केरीले समान २० २० र उस्मान खवाजाले १८ रन जोडे।
यस्तै बलिङतर्फ पाकिस्तानका मोहम्मद अमिरले सर्वाधिक पाँच विकेट लिए। यस्तै शाहीन शाह अफ्रिदीले दुई र मोहम्मद हफिज, वाहज रियाज र हसन अलीले एक–एक विकेट लिए।
अस्ट्रेलियाले चार खेलमा तेस्रो जित निकालेको हो भने पाकिस्तानको यो दोस्रो हार हो । एजेन्सी
प्रकाशित मितिः २०७६ जेठ ३० बिहिबार
Comments