काठमाडौँ। अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा क्रोएसिया पराजित भएको छ । बुधबार बिहान भएको खेलमा क्रोएसिया ट्युनिसियासंग २-१ गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा भएको खेलमा विश्वकप उपविजेता टिम अफ्रीका कप अफ नेसन्सको तयारीमा रहेको ट्युनिसियासंग पराजित भएको हो ।
ट्युनिसियाको जितमा अनिस बद्रि र नैइम स्लिटीले एक एक गोल गरे । क्रोएसियाका ब्रुनो पेट्कोभिकले एक गोल फर्काए ।
पहिलो हाफमा दोस्रो रोजाईको खेलाडी मैदान उतारेको क्रोएसियाले दोस्रो हाफमा पहिलो रोजाईका खेलाडी मैदान प्रवेश गराएपनि जित निकाल्न सकेन । एजेन्सी
प्रकाशित मितिः २०७६ जेठ २९ बुधबार
Comments