काठमाडौं । कोपा अमेरिका फुटबलको तयारीमा रहेको ब्राजिल स्टार खेलाडी नेइमार चोटग्रस्त भएका कारण समस्यामा छ । तर उसले त्यसको प्रभाव खेलमा पर्न दिएको छैन ।
यसको गतिलो प्रमाण आइतबार राति भएको प्रतियोगिता अघिको उसको अन्तिम मैत्रीपूर्ण खेलमा दिएको छ । ब्राजिलले होन्डुरसमाथि ७-० को जित दर्ता गरेको छ ।
पहिलो हाफमा तीन गोल गरेको ब्राजिलले दोस्रो हाफमा थप चार गोल गरेको हो । उसका लागि गाब्रिएल जिससले दुई तथा थिएगो सिल्भा, फिलिप कोन्टिन्हो, नेरेस क्याम्पोस, रोबर्टो फिरमिनो र रिचार्लिसनले एक एक गोल गरे ।
२९ औँ मिनेटमा क्वीओतो सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि होन्डुरस १० खेलाडीमा सीमित भएको थियो । एजेन्सी
प्रकाशित मितिः २०७६ जेठ २७ सोमबार
Comments