काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले बिहीबार चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गर्दैछ । मलेसिया र चाइनिज ताइपेईसँग मैत्रीपूर्ण फुटबल खेल्नका लागि नेपाली टोली मंगलबार चीन पुगेको हो ।
मलेसियासँग २–० ले पराजित भएको नेपाल बिहीबार चाइनिज ताइपेईसँग जित निकाल्ने लक्ष्यमा छ ।
नेपाली टिमका प्रशिक्षक जोन कालिनले बलियो टिमसँगको खेल आफ्ना लागि ठूलो परीक्षा रहेको बताए । टिममा युवा खेलाडीहरुको बाहुल्यता रहेकाले यो खेलले अनुभव लिन ठूलो मौका हुने पनि उनले बताए । नेपाल र चाइनिज ताइपेईबीचको खेल नेपाली समय अनुसार पौने पाँच बजे सुरु हुनेछ ।
प्रकाशित मितिः २०७६ जेठ २३ बिहिबार
Comments