काठमाडौँ । लिभरपुलले आगामी डिसेम्बरमा कतारमा हुने फिफाको क्लब विश्वकप खेल्ने भएको छ । फिफाले प्रतियोगिताको आयोजनाका लागि कतारको नाम घोषणा गरेसंगै लिभरपुलले क्लब विश्वकपमा सहभागीता जनाउने भएको हो ।
बार्षिक रुपमा सञ्चालन हुने प्रतियोगितामा ६ महादेशका च्याम्पियन क्लबले प्रतिस्पर्धा गर्छन् । आगामी विन्टरमा सुरु हुने प्रतियोगितामा लिभरपुलले सेमिफाईनलबाट प्रतियोगिताको सुरुवात गर्नेछ ।
कतारले सन् २०१९ र २०२० को संस्करणको प्रतियोगिताको आयोजना गर्नेछ । कतारले सन् २०२२ को विश्वकपको समेत आयोजना गर्दैछ । फिफाले प्रतियोगिताको ढाँचा परिवर्तन गर्दै क्लब विश्वकपको स्थानको निर्धारण गरेको थियो ।
रिपोर्ट अनुसार प्रतियोगितामा २४ टिमको सहभागीता रहने र प्रत्येक महादेशबाट चार क्लबले प्रतिनिधित्व गर्ने भनिएको थियो ।
लिभरपुलले सन् २००५ मा च्याम्पियन्स लिगको उपाधि जितेपछि क्लब विश्वकपमा सहभागीता जनाएको थियो । र फाईनल खेलमा दक्षिण अमेरिकी च्याम्पियन साओ पाउलोसंग १–० ले पराजित भएको थियो ।
रियल मड्रिडले पछिल्ला तीन संस्करणको क्लब विश्वकपको उपाधि उचालेको छ । उसले साउदी अरब ईमिरेट्सको अल अईनलाई ४–१ ले हराउँदै गत डिसेम्बरमा तेस्रो पटक उपाधि उचालेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७६ जेठ २१ मंगलबार
Comments