काठमाडौं । मैत्रीपुर्ण फुटबल खेलमा फ्रान्सले बोलिभियालाई पराजित गरेको छ । आईतबार राति भएको खेलमा फ्रान्सले बोलिभियालाई २–० गोल अन्तरले हराएको हो ।
युरो २०२० को छनोट अघि फ्रान्सले मैत्रीपुर्ण खेलमा सहभागीता जनाएको हो । फ्रान्स युरो छनोट अन्तर्गत टर्कीको भ्रमणमा निस्कदैछ ।
एन्टोनी ग्रिजम्यानले एक गोल गर्नुका साथै एक गोलको अवसर सिर्जना गरेपछि फ्रान्सले सहज जित निकालेको हो ।
थोमश लिमार र ग्रिजम्यानले पहिलो हाफमै दुई गोल गर्दै फ्रान्सको अवस्था सहज बनाए ।
फ्रान्सले पहिलो हाफमै ठुलो झट्का समेत ब्यहोर्यो । केलियन एम्बाप्पे चोट बोक्दै मैदान बाहिरिएका थिए ।
अर्को महिना ब्राजिलमा कापा अमेरिका कप हुदैछ । त्यसमा सहभागी हुन लागेको बोलिभियाका गोलकपिर कार्लोस लाम्पेले केही राम्रा बचाउ गर्दै फ्रान्सलाई निराश पारेका थिए ।एजेन्सी ।
प्रकाशित मितिः २०७६ जेठ २० सोमबार
Comments