भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा सञ्चालन भएको प्रथम मेयर कप आई केकेएफ फुल कन्ट्याक्ट अन्तराष्ट्रिय कराँते प्रतियोगिताको सबै स्पर्धामा स्वर्ण जितेका छन् ।
नेपाल ईन्टरनेशनल क्योकुशिनकाई कराते संघको आयोजनामा सोमबारबाट सुरु भई मंगलबार राति सम्पन्न प्रतियोगिताका ७ बिधाका स्वर्णमा नेपालका खेलाडीको दबदबा रहेको हो ।
नेपाल ईन्टरनेसनल क्योकुशिनकाई कराँते संघले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ ५ विधा र महिलातर्फ २ विधा गरी जम्मा ७ बिधामा प्रतिस्पर्धा भएको थियो ।
नेपाल सहित भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तानका २ सय बढी खेलाडी सहभागि भएको आइ के.के. एफ नेपालका प्रमुख सल्लाहकार एवं कार्यक्रम संयोजक राम श्रेष्ठ (बोस)ले जानकारी दिए ।
प्रतियोगिताको ३५ केजी मुनि पुरुष तौल समुहमा पासाङ्ग शेर्पाले स्वर्ण जिते । यस्तै, नवराज दोस्रो र सोहित अन्साली तेस्रो भएका थिए ।
४० केजी मुनि पुरुष तौल समुहमा अनमोल माझीले स्वर्ण जिते भने मदन थापा मगर दोस्रो र अपरित मोक्तान तेस्रो भएका थिए ।
५० केजी मुनि पुरुषको तौल समुहमा जुगली कुमार दासले स्वर्ण जिते भने बुद्ध लामा दोस्रो र श्रावण प्रजा तेस्रो भएका थिए ।
६० केजी मुनि पुरुष तौल समुहमा बिश्व स्याङ्गतानले स्वर्ण जिते भने थिम प्रकाश दोस्रो र अनिल बराल तेस्रो भएका थिए ।
६० केजी माथि तौल समुहमा निर्मल बहादुर केसीले स्वर्ण जिते भने गोबिन्द रोका दोस्रो र विवेक कुमार मेहता तेस्रो भएका थिए ।
यसैगरी ४५ केजी माथि महिला स्पर्धामा वितिसा शर्मा पहिलो भईन् ।
४५ केजी मुनि महिला स्पर्धामा रितु धलान पहिलो भइन् भने सुनिता थापा मगर दोस्रो र बुद्विमाया घलान तेस्रो भएकी थिईन् ।
प्रकाशित मितिः २०७६ जेठ १५ बुधबार
Comments