भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा प्रथम मेयर कप आई के.के.एफ फूल कन्ट्याक्ट अन्तराष्ट्रिय कराँते प्रतियोगिता आजदेखि सुरु भएको छ ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मान्यतालाई मुख्य नारा आत्मसाथ गर्दै नेपाल ईन्टरनेशनल क्योकुशिनकाई कराते संघले आयोजना गरेको हो ।
मध्यपुर थिमिको दुई पोखरीमा भोलिसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तानका २ सय खेलाडीहरुको सहभागिता रहेका छन् । प्रतियोगितामा पुरुष तर्फ ५ विधा र महिला तर्फ २ विधा गरी जम्मा ७ बिधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताका लागि झन्डै २७ लाख खर्च लाग्ने अनुमान गरिएको र प्रतियोगितका लागि थिमि नगरपालिकाले ७ लाख उपलब्ध गराएता पनि अन्य आर्थिक स्रोतका लागि बिभिन्न निकायको सहयोगको अपेक्षा गरिएको आइ के।के। एफ नेपालका प्रमुख सल्लाहकार एवं कार्यक्रम संयोजक राम श्रेष्ठ (बोस)ले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलले गरेका थिए ।
प्रकाशित मितिः २०७६ जेठ १३ सोमबार
Comments