काठमाडौं । स्पेनिस कोपा डेल रेको उपाधि भ्यालेन्सियाले जितेको छ । उपाधि भिडन्तमा बार्सिलोनालाई हराउँदै भ्यालेन्सियाले उपाधि उचालेको हो ।
शनिबार राति भएको उपाधि भिडन्तको बार्सिलोनालाई २–१ गोल अन्तरले पराजित गर्दै कोपा डेल रेको उपाधि भ्यालेन्सियाले जितेको छ । पराजयसंगै सिजनको दोस्रो उपाधि जित्ने बार्सिलोनाको सपना अधुरै रह्यो । खेलमा अग्रता भ्यालेन्सियाले खेलको २१ औ मिनेटमा केभिन गेमिरोको गोलबाट लिएको थियो ।
३३ औ मिनेटमा रोड्रिगोले गोल गर्दै भ्यालेन्सियाको अग्रतालाई दोब्बर बनाएका थिए । ७३ औ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने कोशिश गरेपनि त्यो पर्याप्त रहन सकेन । च्याम्पियन्स लिगमा लिभरपुलसंग पराजित हुदै बाहिरिएको बार्सिलोनाले एक पिडा कोपा डेल रेमा भोग्य पर्यो ।
हारपछि समेत बार्सिलोनाका प्रशिक्षक जोसेप मारिया बार्टोमेउले प्रशिक्षक इर्नेस्टो भाल्भर्डेलेलाई अर्को सिजन नेउ क्यापको जिम्मेवारी दिने बताए ।मैले सधै भनेको छु ईर्नेस्टो अर्को सिजन समेत निरन्तर रहन्छन् । उनी प्रशिक्षक रहन्छन् ।ु उनले भनेका छन् ।
मलाई लाग्छ, पराजयमा प्रशिक्षकको कुनै दोष छैन । उनले थपेका छन् । खराब सिजनपछि समेत क्लब अध्यक्ष जोसेप प्रशिक्षकको बचाउमा उत्रिएका हुन् । एजेन्सी
प्रकाशित मितिः २०७६ जेठ १२, आइतबार
Comments