काठमाडौं । लिभरपुल इन्ग्लिश प्रिमियर लिग फुटबलमा सर्वाधिक नरुचाईने क्लब बनेको छ । फुटबल समर्थकहरुमाझ गरिएको एक अध्ययनका अनुसार लिभरपुल सर्वाधिक नरुचाईने क्लब देखिएको हो ।
एक वेबसाइट फ्यानच्यान्टस्ले गरेको सर्वेक्षण अनुसार प्रिमियर लिगमा समर्थकले रुचाएको क्लबमा लिभरपुल परेको हो । फ्यानच्यान्टस्ले २६ हजार बढी समर्थकबीच सर्वेक्षण गरेको थियो ।
लिभरपुलपछि नरुचाईने क्लबको दोस्रो स्थानमा टोटेनहम रहेको छ । यस्तै म्यानचेस्टर सिटी तेस्रो र म्यानचेस्टर युनाईटेड चौंथो स्थानमा रहेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७६ जेठ १२, आइतबार
Comments