काठमाडौं । विश्वकप क्रिकेट अघिको आफ्नो पहिलो अभ्यास खेलमा अफगानिस्तानले पाकिस्तानलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा अफगानिस्तानले पाकिस्तानलाई ३ विकेटले पराजित गरेको हो ।
पाकिस्तानले दिएको २६३ रनको लक्ष्य पछाएको अफगानिस्तानले ४९।४ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
अफगानिस्तानका लागि हाश्मतुल्लाह शाहिदीले सर्वाधिक ७४ रन बनाएका थिए भने हजरातुल्लाह जजईले २८ बलमा ४९ रनको आक्रामक पारी खेलेका थिए ।
त्यस्तै मोहमद नावीले ३४, रहमत शाहले ३२ र समिउल्लाह शिनवारीले २२ रन बनाएका थिए । अफगानिस्तानका मोहमद शाहजाद २३ रन बनाएर घुंडामा समस्या आएपछि रिटायर्ड हर्ट भएका थिए ।
पाकिस्तानका बलर वहाह रियाजले ३ विकेट लिए भने इमाद वशिमले २ विकेट लिए । त्यस्तै शडाब खान र मोहमद हफिजले एक एक विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले ४७।५ ओभरमा अलआउट हुदै २६२ रन बनाएको थियो ।
पाकिस्तानका लागि बबर आजमले ११२ रन बनाएका थिए । आजमको एकदिवसीय क्रिकेटमा यो नवौ शतक हो । त्यस्तै पाकिस्तानका शोएब मल्लिकले ४४, इमाम उल हकले ३२, फखर जमानले १९, इमाद वशिमले १८ रन बनाएका थिए ।
अफगानिस्तानका बलरले उत्कृष्ट बलिङ गर्दै पाकिस्तानलाई अल आउट गरेका थिए ।
पाकिस्तानलाई अल आउट गर्ने क्रममा मोहमद नावीले सर्वाधिक ३ विकेट लिए भने दवालत जदरान र राशिद खानले २(२ विकेट लिए । त्यस्तै हमिद हस्सन र अफताब आलमले एक एक विकेट लिएका थिए ।
यस अभ्यास खेल अघि पाकिस्तानले इङल्याण्डसँग खेलेको एकदिवसीय सिरिजका सबै खेलमा पनि हार बेहोरेको थियो । यस हारपछि पाकिस्तानको विश्वकपमा प्रदर्शनलाई लिएर अहिले देखि नै आलोचना शुरु भएको छ भने अफगानिस्तानलाई यस विश्वकपको ‘जाइन्ट किलर’ टिमको रुपमा हेरिएको छ ।
विश्वकप क्रिकेट अघिका अभ्यास खेल अन्तर्गत आज आयोजक इङल्याण्ड र अस्ट्रेलिया तथा भारत र न्यूजील्याण्ड खेल्दै छन् । एजेन्सी
प्रकाशित मिति ः २०७६ जेठ ११ शनिवार
Comments