काठमाडौँ । रसुवामा पहिलोपटक र्याफ्टिङ सञ्चालन गरिएको छ ।
गत मंगलबार रसुवाको उत्तरगया गाउँपालिकाको खाल्डेदेखि नुवाकोटको विदुर नगरपालिका– १० भैँसेसम्म जलयात्रा र्याफ्टिङ गरेर परीक्षण गरिएको हो ।
रसुवा–नुवाकोट पर्यटन समाज र रसुवाको उत्तरगया गाउँपालिकाले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रम उत्साहका साथ सञ्चालन गरिएको थियो ।
नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै जलयात्राको नयाँ गन्तव्यका रूपमा विकास गर्न जलयात्रा सञ्चालनको परीक्षण गरिएको बताइएको छ ।
काठमाडौंबाट नजिकको दूरीमा यात्रा गर्न सकिने र नदीको बहाव पनि बढी भएकाले यो स्थान साहसिक जलयात्रीहरूका लागि उपयुक्त रहेको नेपाल पर्यटन बोर्डले बताएको छ ।
साहसिक जलयात्रा गर्न रुचाउने पर्यटकहरू ल्याउन सके रसुवा र नुवाकोट दुवै जिल्लाको आर्थिक विकासमा पनि सहयोग पुग्ने बताइएकोछ ।
प्रकाशित मिति ः २०७६ जेठ १० शुक्रबार
Comments