काठमाडौं । अमेरिकाका अन्तराष्ट्रिय स्टार क्रिस्टियन पुलिसिक लण्डन क्लब चेल्सी आएका छन् । प्रिमियर लिग क्लबसंग साँढे ५ बर्षको सम्झौता गरेको पुलिसिक नयाँ सिजनका लागि स्टामफोर्ड ब्रिज उत्रिएका हुन् ।
यसअघि उनले जर्मन क्लब बोरुसिया डर्टमण्डमा बिताएका थिए । ५८ मिलियन पाउण्डमा चेल्सीका आएका फरवार्डले आफु समेत स्टार ईडेन हजार्डको स्तरमा पुग्न चाहेको बताएका छन् ।
उनले नयाँ सिजन बेल्जियमका हजार्डको तर्फबाट खेल्न मिल्ने अपेक्षा ब्यक्त गरे । उनले गत जनवरीमा लण्डन क्लब ओर्लने बिषयमा सम्झौता गरेका थिए ।
हजार्डले चेल्सीमा जे गरे, त्यो अविश्वसनीय छ । उनले भने, उनी यस्ता छन्, जसलाई म हेर्न चाहन्छु र त्यस्तै बन्न ईच्छा गर्दछु । हजार्ड युरोपा लिगको फाईनल खेल्दै स्पेनिस महारथी रियल मड्रिड जाने अन्तिम तयारीमा छन् ।
बुन्डेशलिगाको अन्त्यसंगै पुलिसिक छोटो विश्रामका लागि अमेरिका उडेका छन् ।उनले पछिल्ला २० खेलमा डर्टमण्डबाट चार गोल गरेका छन् । उनले ९ पटक सुरुवाती लाईनअपमा रहेर खेल सुरु गरेका थिए । डर्टमण्डले दोस्रो स्थानमा रहदै लिगको अन्त्य गरेको थियो । एजेन्सी
प्रकाशित मिति २०७६ जेठ ८, बुधबार
Comments