काठमाडौं । इटालियन ओपन टेनिसको फाइनलमा साविकको विजेता राफायल नाडाल र विश्व नम्बर एक सर्बियन नोभाक जोकोभिकले प्रतिस्पर्धा गर्ने भएका छन् ।
रोममा शनिबार भएको सेमिफाइनलमा नाडालले स्टेफानोस स्टिपासलाई ६-३ र ६-३ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
यस्तै जोकोभिकले अर्जेन्टिनाका डिएगो स्वार्ट्जम्यान ६-३, ६-७ ९२-७० र ६–४ को सेटमा पराजित गरे । महिलातर्फको उपाधिका लागि जोहाना कोन्टा र करोलिना प्लिस्कोभाले भिड्ने छन् । फाइनल खेल आइतबार हुनेछ । एजेन्सी
प्रकाशित मितिः २०७६ जेठ ५ आइतबार
Comments