काठमाडौं । इटालियन क्लब युभेन्ट्सका फरवार्ड पाउल डिबलाले यस सिजन क्लब छाड्न चाहेको उनका भाई गुस्ताभो डिबलाले बताएका छन् ।
डिबलाका एजेण्ट समेत रहेका गुस्ताभोले पछिल्लो समय उनि क्लबमा खुसी नरहेको बताए । पाउलले युभेन्ट्स छाड्ने धेरै सम्भावनाहरु रहेको छ । उनि परिवर्तन चाहन्छन्, गुस्ताभोले भने, अहिलै उनले इटालीमा बस्छन वा छाड्छन् भन्नेबारे म भन्न सक्दिन तर उनि लमी समय रहदैनन् ।
क्रिस्टियानो रोनाल्डो क्लबमा भित्रिएपछि युभेन्ट्समा डिबलाको भूमिका कम हुँदै आएको छ । यस्तै एजेण्ट गुस्ताभोले डिबलासंगै अन्य धेरै खेलाडीले पनि क्लब छाड्न चाहिरहेको बताए । पाउल खुसी छैनन् र युभेन्ट्सको अन्य खेलाडी पनि । युभेन्ट्स छाड्न चाहने उनि मात्र एक्लो खेलाडी हैन, उनले थपे । २५ वर्षीय डिबलाले युभेन्ट्सबाट ४ पटक सिरी ए उपाधि र ३ कोपा इटालियाको उपाधि जितेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७६ जेठ ३ शुक्रबार
Comments