ताप्लेजुङ । चिरपरिचित प्रतिद्वन्द्वी विभागीय आर्मी क्लबलाई पराजित गर्दै अर्को विभागीय टोली नेपाल पुलिस क्लबले तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको उपाधि जितेको छ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघुमा बिहिबार भएको फाइनलमा साविकको विजेता पुलिसले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
पुलिसले पहिलो सेट २५–१९ दोस्रो २५–१७ र तेस्रो सेट २५–१३ ले जित्न सफल भयो ।
प्रतियोगिताको उपाधि विजेता पुलिसले ३ लाख ५१ हजार ५ सय रुपैयाँ पुरस्कार पाउँदा उप विजेता बनेको आर्मीले १ लाख ७६ हजार २ सय ५१ रुपैयाँमा चित्त बुझायो ।
प्रकाशित मितिः २०७६ वैशाख २६ बिहीबार
Comments