काठमाडौं । नेपाल एएफसी यु–१६ च्याम्पियनसिप छनोटको कठिन समुहमा परेको छ । एएफसीले बिहिबार सार्वजनिक गरेका समुह तालिका अनुसार नेपाल रहेको समुहमा ताजकिस्तान, जोर्डन, श्रीलंका र कुवेत रहेका छन् ।
जोर्डनमा आयोजना हुने प्रतियोगिता नेपालका लागि निकै कठिन रहेको छ ।
छनोटको शीर्ष टिम प्रतियोगिताका लागि छानिनेछ । चार उत्कृष्ट उपविजेताले समेत फाईनलमा स्थान बनाउने छन् ।
एएफसीका ४७ राष्ट्रहरू सहभागी गराएर प्रतियोगितालाई पश्चिम, दक्षिण र मध्य भागमा विभाजन गरिएको छ ।
गत वर्ष जापनले ताजकिस्तानलाई पराजित गर्दै उपाधि उचालेको थियो ।
प्रकाशित मितिः २०७६ वैशाख २६ बिहीबार
Comments