काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी क्रिकेटको वरियतामा नेपाल३ स्थान माथि उक्लिएको छ ।
आईसीसीले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ३ स्थान उक्लिएको हो ।
१४ औं स्थानमा रहेको नेपाल २१२ अंक पाएर नयाँ वरियतामा ११ औं स्थानमा रहेको हो ।
टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा दक्षिण अफ्रीका, तेस्रोमा इंग्ल्यान्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा भारत रहेको छ ।
प्रकाशित मितिः २०७६ वैशाख २० शुक्रबार
Comments