काठमाडौं । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्गस इलाभेन पन्जाब र कोलकत्ता नाइट राईडर्सलाई प्ले अफमा पुग्नका लागि जित आवश्यक रहेको छ ।
यी दुई टोलीको खेल चन्द्रीगढस्थित बिन्द्रा क्रिकेट स्टेडियममा राति ८ः१५ मा सुरु हुनेछ । दुवै टोली जित निकाल्दै प्ले अफ पुग्ने सम्भावना कायम राख्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
पन्जाब १२ खेलबाट १० अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ भने कोलकत्ताको पनि १२ खेलबाट १० अंक छ । कोलकत्ता तालिकाको छैटौं स्थानमा छ ।
चौथो स्थानको हैदरावादको १३ खेलबाट १२ अंक रहेको छ । हैदरावादको पनि प्ले अफ सम्भावना रहेको छ ।
प्रकाशित मितिः २०७६ वैशाख २० शुक्रबार
Comments