काठमाडौं । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरावाद मुम्बई इण्डियन्ससँग अघिल्लो पटकमा व्यहोरेको हारको बदला लिने दाउमा रहेको छ ।
यसै सिजनको पहिलो भेटमा मुम्बईले हैदरावादलाई ४० रनले हराएको बदला आज लिने दाउमा रहेको हो ।
यी दुई टोलीबीच खेल वान्खाडे क्रिकेट स्टेडियममा राति ८ः१५ मा सुरु हुनेछ ।
मुम्बई १२ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा छ भने हैदरावाद १२ खेलबाट १२ अंक जोडेर चौथो स्थानमा छ ।
प्रकाशित मितिः २०७६ वैशाख १९ बिहीबार
Comments