काठमाडौं । मंगलबार राति भएको खेलमा पिएसजीले २–१ को अग्रता लिएको थियो, तर अन्तिमको १० मिनेटमा मोन्टपिलरले थप दुई गोल गरेपछि अवे मैदानमा पराजित भयो पिएसजी ।
पहिलो हाफमा दुवै टिमले एक–आत्मघाती गोल गरे । मोन्टपिलरले १२ औँ तथा पिएसजीले २१ औँ मिनेटमा आत्मघाती गोल गरेका हुन् ।
६२ औँ मिनेटमा एन्जल डी मासिरयाले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । तर ८० औँ मिनेटमा डेलोर्ट र ८५ औँ मिनेटमा कामाराले गोल गरेपछि मोन्टपिलर विजयी भएको हो । एजेन्सी
प्रकाशित मितिः २०७६ वैशाख १८ बुधबार
Comments