काठमाडौं । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज मंगलबार एक खेल हुँदैछ । मंगलबार हुने खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।
बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा हुने खेल राति ८ः१५ मा सुरु हुनेछ । दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । राजस्थान १२ खेलबाट १० अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ भने बैंगलोर १२ खेलबाट ८ अंक जोडेर पुछारमा रहेको छ ।
प्रकाशित मितिः २०७६ वैशाख १७ मंगलबार
Comments