काठमाडौं । चेक रिपब्लिकका स्ट्राइकर जोसेफ सुरलको टर्कीमा भएको बस दुर्घटनामा परी निधन भएको छ ।
टर्कीको शीर्ष डिभिजन क्लब अलानियास्पोरको खेलाडी बोकेको मिनी बस दुर्घटनामा परी जोसेफको निधन भएको हो ।
कायसेरिस्पोरविरुद्धको अवे खेल खेलेर क्लब फर्कदै गर्दा बस दुर्घटना भएको क्लब थियो ।
२८ बर्षीय स्ट्राइकर जोसेफको अस्पतालमा निधन भएको अलानियास्पोरले पुष्टि गरेको छ ।
उक्त दुर्घटनामा जोसेफसहित अन्य ६ खेलाडी परेको क्लबले जनाएको छ ।
प्रकाशित मितिः २०७६ वैशाख १६ सोमबार
Comments