काठमाडौं । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज आइतबार दुई खेल हुँदैछ । आइतबार हुने पहिलो खेल दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच तथा दोस्रो खेल कोलकत्ता नाइट राईडर्स र मुम्बई इण्डियन्सबीच खेल हुनेछ ।
फिरोज शाह कोट्ला मैदानमा हुने खेल दिउँसो ४ः१५ मा सुरु हुनेछ । दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दिल्ली ११ खेलबाट १४ अंकसहित तेस्रो स्थानमा छ भने बैंगलोर ११ खेलबाट ८ अंकसहित तालिकाको पुछारमा छ । यस्तै दोस्रो खेल कोलकत्ता नाइट राईडर्स र मुम्बई इण्डियन्सबीच हुनेछ ।
कोलकत्ताको मैदानमा हुने खेल राति ८ः१५ मा सुरु हुनेछ । दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । मुम्बई ११ खेलबाट १४ अंकसहित दोस्रो स्थानमा छ भने कोलकत्ता ८ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ । एजेन्सी
प्रकाशित मितिः २०७६ वैशाख १५ आइतबार
Comments