काठमाडौँ । पिएसजीबाट खेल्ने ब्राजिलका फुटबलर नेइमारलाई युइएफएले च्याम्पियन्स लिगका ३ खेलमा प्रतिबन्ध लगाएको छ ।
गत मार्च ७ मा पिएसजीको म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा युनाइटेडलाई अन्तिम समयमा दिइएको पेनाल्टीका विषयमा नेइमारले सामाजिक संजालमा खेल अफिसियलहरुको कडा आलोचना गरेका थिए । सो खेलमा खेलको इन्जुरी समयमा युनाइटेडले पेनाल्टी पाएको थियो जसलाई मार्कोस राशफोर्डले गोलमा परिणत गर्दै युनाइटेडलाई क्वाटरफाइनलमा पुर्याएका थिए ।
इन्जुरीका कारण दर्शक दिर्घाबाट खेल हेरिरहेका नेइमारले सो खेल पछि खेलाडी हिड्ने टनेलमा समेत खेल अफिसियलसँग विवाद गर्न खोजेका थिए । उनले सो बल पेनाल्टी नभएको भन्दै खेल अफिसियललाई अपशब्द प्रयोग गरेका थिए ।
नेइमारको सो प्रतिक्रियापछि यूईएफएले छन् बिन अगाडी बढाएको थियो । शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेइमार अफिसियलको अपमान गरेको भन्दै च्याम्पियन्स लिगका तीन खेलमा प्रतिबन्ध लगाएको जनाएको छ ।
नेइमारले अब अर्को सिजनको च्याम्पियन्स लिगका शुरुका तीन खेल गुमाउने भएका छन् । सो खेल पिएसजीले ३(१ ले गुमाउदै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्न असफल भएको थियो । एजेन्सी
प्रकाशित मितिः २०७६ वैशाख १४ शनिबार
Comments