काठमाडौं । फियोरेन्टिनालाई पराजित गर्दै एट्लान्टा कोपा इटालिया फुटबलको फाइनलमा पुगेको छ । बिहिबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै समग्रमा ५–४ को जितसहित एट्लान्टा फाइनलमा पुगेको हो । सेमिफाइनलको पहिलो लेग ३–३ गोलको बराबरीमा सकिएको थियो ।
दोस्रो लेगको खेलमा एट्लान्टाका लागि जोसिप इलिसिच र पापु गोमेजले एक एक गोल गरे । फियोरेन्टिनाका लागि लुइस मुरिअलले एक गोल गरे ।
खेलको तेस्रो मिनेटमा मुरिअलले गोल गर्दै फियोरेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । १४ औं मिनेटमा एट्लान्टाका जोसिपले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरी बनाए ।
त्यसपछि ६९ औं मिनेटमा पापुले गोल गर्दै घरेलु टोलीलाई २–१ को जित दिलाए । अब एट्लान्टाले फाइनलमा लाजियोसँग खेल्नेछ । एजेन्सी
प्रकाशित मितिः २०७६ वैशाख १३ शुक्रबार
Comments