काठमाडौं । इन्ग्लिश क्लब म्यानचेस्टर सिटीका फरवार्ड रहिम स्ट्रलिङले बिटी स्पोर्ट्स इण्डस्ट्री अवार्ड जितेका छन् । इंग्ल्यान्ड युवा फरवार्ड स्ट्रलिङलाई फुटबलमा रंगभेदविरुद्ध उनले पुर्राएको कदरलाई सम्मान गर्दै बिहिबार यस अवार्ड प्रदान गरिएको हो ।
फुटबलमा पछिल्लो समय काला वर्णका खेलाडीहरुलाई विभिन्न समयमा रंगभेदीय दुर्व्यवहारहरु हुँदै आएको छ । यस दुर्व्यवहारहरुको बिषयमा स्ट्रलिङ कडा आवाज उठाउँदै आएका छन् ।
पछिल्लो समय रहिम पनि रंगभेदीय दुर्व्यवहारको शिकार बन्दै आएका थिए । स्ट्रलिङलाई इंग्ल्यान्डका राष्ट्रिय टोलीका प्रशिक्षक ग्यारेथ साउथगेटले अवार्ड प्रदान गरे । एजेन्सी
प्रकाशित मितिः २०७६ वैशाख १३ शुक्रबार
Comments