काठमाडौं । स्पेनिस खेलाडी राफायल नाडाल बार्सिलोना ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । शुक्रबार बिहान भएको खेलमा स्पेनकै डेभिड फेरेरलाई हराएर नाडालले क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन् ।
बार्सिलोना ओपनमा ११ पटकको विजेता नाडालले फेरेरलाई ६-३ र ६-३ को सेटमा पाखा लगाए । अब नाडालले सेमिफाइनल प्रवेशका लागि जान लेनार्ड स्ट्रुफसंग खेल्नेछन् । एजेन्सी
प्रकाशित मितिः २०७६ वैशाख १३ शुक्रबार
Comments